Main News

माओवादीले कारबाही गरेका चार जनप्रनिनिधिको पद सर्वोच्चद्वारा थमौति

हिमालय टिभी
२०७८ असार १८ गते १८:५७
माओवादीले कारबाही गरेका चार जनप्रनिनिधिको पद सर्वोच्चद्वारा थमौति

१८ असार २०७८ काठमाडौं । सर्वोच्च अदालतले कैलालीको भजनी नगरपालिका उपप्रमुख छाँयादेवी देवकोटासहित चार जना जनप्रतिनिधिको पद थमौति गरिदिएको छ ।

माओवादी छाडेर एमालेमा प्रवेश गरेका उनीहरु पदमुक्त भएको भन्दै निर्वाचन आयोगले सूचना निकालेको थियो । न्यायाधीश कुमार चुँडालको एकल इजलासले पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

भजनीकी उपप्रमुख देवकोटासहित गोदावरी नगरपालिकाका १ का वडाध्यक्ष शर्मानन्द भट्ट, गौरीगंगा नगरपालिका( ४ की वडाध्यक्ष भागीरथी विष्ट र बर्दगोरीया गाउँपालिका–४ का वडाध्यक्ष पुरन बिसिको पद अदालतले थमौति गरेको हो ।

आदेशमा जनप्रतिनिधि नहुँदा स्थानीय तहसम्बन्धी कामकारवाही एवं अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *