Main News

चीनबाट थप १० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने सरकारको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १८ गते १८:४८
चीनबाट थप १० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने सरकारको तयारी (भिडियो रिपोर्टसहित)

१८ असार २०७८ काठमाडौं । सरकारले चीनबाट थप १० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने तयारी गरेको छ ।

खोप ल्याउन आगामी साता नेपाल बायु सेवा निगमको जहाज चीनको बेइजिङ जाने भएको छ । सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको बताइएको छ ।

त्यसकै पहिलो चरणमा १० लाख डोज खोप आउन लागेको हो । यद्यपी सरकारले चीनसँग भएको सम्झौताबारे केही खुलाएको छैन । चिनियाँ पक्षको आग्रह अनुसार नै यो खरिद प्रक्रिया गोप्य राखिएको सरकार पक्षको दाबी छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सरकारले १० लाख डोज खोप ल्याउने गरी जहाजको तयारी गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

बालुवाटारमा आज बसेको एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अब सबैलाई पुग्ने गरी खोप आउने बताउनुभएको छ । उहाँले दुई दिनपछि नेपालमा खोप अभाव नहुने समेत दाबी गर्नुभएको छ ।

यसअघि चीन सरकारले अनुदान स्वरूप १८ लाख डोज खोप दिइसकेको छ । भारतले १० लाख डोज खोपका लागि अग्रिम भुक्तानी लिएर पनि खोप उपलब्ध गराउन नसकेपछि सरकारले चीनसँग खोप खरिद गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *