राजनीति

देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता एमाले एकताको शर्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १८ गते १७:४२
देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता एमाले एकताको शर्त (भिडियो रिपोर्टसहित)

१८ असार २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्तालाई पार्टी एकताको शर्त बनाएको छ ।

आज बसेको केन्द्रीय कमिटी बैठकले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन अल्टिमेटमासहितको निर्देशन पनि दिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने पनि बताउनुभएको छ ।

अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदलाई छुट नभएको बताउनुभएको छ । बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर संविधान, लोकतन्त्र, देश र जनताको विरुद्धमा भएकोले फिर्ता लिन निर्देशन दिएको बताउनुभयो ।

देउवालाई प्रधानमन्त्री बनाउन नेपाल खनाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेका सांसदले अन्य दलसँग मिलेर सर्वोच्च अदालतमा मुद्धा पनि हालेका छन् । बैठकले त्यस्तो हस्ताक्षर अवैधानिक हुने बताएको छ ।

नेपाल खनाल समूहको असहमतिका बीच आज संस्थापन पक्षले केन्द्रीय कमिटी बैठक बसालेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेपाल–खनाल समूहका नेता भने सहभागी भएनन् । बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी हुनुभएको थियो ।

नेपाल–खनाल समूहका नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बालुवाटार पुगेर बैठक सार्न आग्रह गरे पनि अध्यक्ष ओलीले अस्वीकार गर्नुभएको थियो । नेपालखनाल समूहले पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको छ ।

यसअघि दोस्रो तहका नेताबीच एकता वार्ता सहमति नजिक पुगेको बताइए पनि आजको निर्णयले एमालेमा विवाद झन बढ्ने देखिएको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्