कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु, २२९९ संक्रमित थपिए
१८ असार २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३४ जना संक्रमितको मृत्यु भएको छ । २२ सय ९९ संक्रमित थपिएका छन् ।
६ हजार ५ सय ६६ पीसीआर परीक्षण गर्दा १३ सय ९१ र ४ हजार ३० एन्टीजेन परीक्षण गर्दा ९ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितको यो संख्या केही दिनयताकै कम हो ।
काठमाडौं उपत्यकामा ४ सय २८ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा ३ सय १६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ जना छन् । उपत्यकावाहिरका जिल्लामा संक्रमण कम देखिएको छ । झापामा ८६, सुनसरीमा ७३,
कास्कीमा ६४ संक्रमित थपिएका छन् ।
पछिल्लो पटक थप ३४ सय ५१ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ हजार २ सय ७४ मा झरेको छ ।
६ सय ३२ जनाको आइसीयू र १ सय ८१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ९ हजार एक ७९ पुगेको छ ।
प्रतिक्रिया