Main News

लुम्बिनी प्रदेशमा राज्यमन्त्री रायमाझीद्वारा राजीनामा, मुख्यमन्त्री पोखरेल फेरि अल्पमतमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १८ गते १६:५५
लुम्बिनी प्रदेशमा राज्यमन्त्री रायमाझीद्वारा राजीनामा, मुख्यमन्त्री पोखरेल फेरि अल्पमतमा (भिडियो रिपोर्टसहित)

१८ असार २०७८ बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई फेरि अर्को झट्का लागेको छ । उहाँ अल्पमतमा पर्नुभएको छ ।

भौतिक विकास राज्यमन्त्री सुमन शर्मा रायमाझी आज पदबाट राजीनामा दिएर विपक्षी खेमामा लाग्नुभएको छ । उहाँले मुख्यमन्त्री पोखरेललाई राजीनामा बुझाउँदै आफु पार्टीको निर्णय भन्दा बाहिर जान नसक्ने स्पष्ट पार्नुभएको छ ।

मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको भन्दै विपक्षी दलले राजीनामा मागिरहेका बेला मन्त्रीले नै पद छाड्नुभएको हो । यसले पोखरेल थप दबावमा पर्नुभएको छ ।

सांसद रायमाझीले आफुमाथि गरेको कारवाही फुकुवा गर्न आग्रह गर्दै अध्यक्ष उपेन्द्र यादवलाई पत्रसमेत लेख्नुभएको छ । जनता समाजवादी पार्टीका ६ जना सांसदमध्ये ४ जना सरकारमा सहभागी भएका थिए । तर अब तीनजना सरकारमा र तीनजना विपक्षमा उभिएका छन् ।

हाल ८३ सदस्य रहेको प्रदेशसभामा सत्ता चलाइरहेको नेकपा एमालेका ३८ जना सांसद छन् । जनता समाजवादीका ३ गरी मुख्यमन्त्री पोखरेललाई ४१ जनाको मात्रै समर्थन देखिएको छ । यसबाट उहाँ अल्पमतमा पर्नुभएको छ ।

प्रदेशसभामा माओवादी र कांग्रेसका १९१९, र राष्ट्रिय जनमोर्चाका एकजना छन् । ८७ सदस्यीय प्रदेशसभामा ३ सांसदको पद खारेज भइसकेको छ । जसपाका ४ जना सांसदको मुद्धा पनि सर्वोच्च अदालतमा विचाराधिन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *