Main News

बाढीपहिरो प्रभावितले विवरण पठाएलगत्तै अस्थायी आवास निर्माणको रकम पाउने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १८ गते १६:४७
बाढीपहिरो प्रभावितले विवरण पठाएलगत्तै अस्थायी आवास निर्माणको रकम पाउने (भिडियो रिपोर्टसहित)

१८ असार २०७८ काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थायी आवास निर्माणका लागि तत्कालै रकम पठाउने जनाएको छ ।

प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले मनसुनी वर्षाका कारण भएको क्षतिको विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको र विवरण आए लगत्तै रकम पठाइने बताउनुभयो ।

पोहोरको मनसुनबाट क्षति भएका २० जिल्लाका ३ हजार ३ सय ४९ वटा घर पुनर्निमाणका लागि झण्डै २० करोड रुपैयाँ प्रथम किस्तावापतको रकम पठाइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

यस वर्ष जेठ २८ गते शुरु भएको मनसुनका कारण देशभरका ३२ जिल्लामा प्रत्यक्ष प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखा सँग समन्वय गरी विपद आउनसक्ने ठाउँमा पूर्व सुचना प्रणाली चुस्त दुरुस्त राखेको प्रवक्ता अर्यालले बताउनुभयो ।

यो प्रणालीले बाढी पहिरो जस्ता विपद् आउने भएमा त्यसको पूर्व सूचना दिने र त्यसबाट जिउधनको सुरक्षा गर्न सकिने विश्वास लिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *