Main News

एमालेलाई एक बनाउन सहमतिको ड्राफ्ट तयार हुँदैछः नेता पाण्डे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १८ गते १६:१६
एमालेलाई एक बनाउन सहमतिको ड्राफ्ट तयार हुँदैछः नेता पाण्डे (भिडियो रिपोर्टसहित)

१८ असार २०७८ काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीलाई एक बनाउने गरी सहमतिको ड्राफ्ट तयार भएको बताउनु भएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै नेता पाण्डेले दुवै पक्षका नेताबीच सहमतिको खाका तयार भएको तर अन्तिम रुप पाउन बाँकी रहेको बताउनुभयो ।

अब अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल गरेर त्यसलाई अन्तिम रुप दिइने उहाँले बताउनुभयो ।

आफूहरुले गरेको सहमति दुई नेतासँगको सल्लाहमै भएकाले एमाले अब एक हुने नेता पाण्डेको दाबी छ ।

नेता पाण्डेले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतलाई बाहिर राखेर एमालेमा एकता संभव नहुने पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *