Main News

अविरल वर्षासँगै आएको पहिरोका कारण देशका १४ वटा सडक अवरुद्ध

हिमालय टिभी
२०७८ असार १८ गते १४:०७
अविरल वर्षासँगै आएको पहिरोका कारण देशका १४ वटा सडक अवरुद्ध

१८ असार २०७८ काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका १४ सडक खण्ड अवरुद्ध भएका छन् ।

देशका विभिन्न ४९ सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेको सडक विभागले जनाएको छ । चितवनको नारायणघाट–मुग्लिङ सडक खण्ड अहिले बन्द भएको छ ।

सडकमाथिबाट ढुङ्गा खसिरहेकाले जोखिम बढेको भन्दै प्रहरीले अत्यावश्यक काम नपरि यात्रा नगर्न आग्रह गरेको छ ।

यस्तै पहिरोका कारण मकवानपुरबाट भीमफेदी(कुलेखानी हुँदै काठमाण्डौ आउने सडक पनि बन्द भएको छ ।

यस्तै ठोरी–भरतपुर–मुग्लिङ आबुखैरेनी–गोरखा–घयाम्पेसा र आरुघाट– सिर्दिवास–रोइला भञ्ज्याङ सडक खण्ड पनि ठाउँ ठाउँमा अवरुद्ध छ ।

यस्तै मनाङको डुम्रे बेसीसहरचामे सडक खण्ड पनि ठाउँ(ठाउँमा बन्द छ । मनाङको तिमाङखोला, धारापानी, बगरछाप, रामबजार, अर्खले र च्याम्चेमा कतै पहिरो त कतै कटानका कारण सडकमा नोक्सानी पुगेको छ । यो सडक खण्ड खुल्न समय लाग्ने सडक विभागले जनाएको छ ।

यस्तै, अरनिको राजमार्ग अन्तर्गत पर्ने खाँडीचौर(कोदारी सडक खण्ड पनि अझै सञ्चालनमा आउन सकेको छैन । असार २ गते बन्द भएको यो सडक खण्ड खुलाउने प्रयास भने भइरहेको छ ।

यस्तै पासाङल्हामु राजमार्गको पिपलटार ककनी खण्डका विभिन्न स्थानमा पहिरो खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *