Main News

युएईले लगायो नेपालसहित १४ देशमा यात्रा प्रतिबन्ध

हिमालय टिभी
२०७८ असार १८ गते १३:२६
युएईले लगायो नेपालसहित १४ देशमा यात्रा प्रतिबन्ध

१८ असार २०७८ काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसहित १४ देशमा यात्रा प्रतिबन्ध लगाएको छ ।

यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै यात्रा प्रतिवन्ध लगाएको हो ।

युएईले आफ्ना नागरिकलाई साउन ६ गतेसम्मका लागि नेपाल, भारतसहित १४ मलुकको यात्रामा रोक लगाएको हो।

यूएईले आफ्ना नागरिकलाई यात्रा नगर्न भनेको अन्य देशमा बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया छन् ।

यूएईको विदेश मन्त्रालयले आफ्ना नागरिकलाई कोभिड–१९ सम्बन्धी सबै प्रकारका सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *