Main News

निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाइ उडान आजदेखि शुरु

हिमालय टिभी
२०७८ असार १७ गते ८:३४
निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाइ उडान आजदेखि शुरु

१७ असार २०७८ काठमाडौं । निषेधाज्ञासँगै बन्द भएको आन्तरिक हवाइ उडान आजदेखि शुरु भएको छ।

नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाइ उडान सञ्चालन गर्ने निर्णय गरेको छ।

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाइ उडान शुरु भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उडान भर्ने मध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन उडान भर्नेछन् ।

यस्तै नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान हुने क्षेत्रीले जानकारी दिनुभयो । कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाइ उडान सञ्चालन गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको थियो।

यसैगरी पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएपनि सरकारले थप चार वटा हवाई कम्पनीलाई अनुमति दिएको छ। अब नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने छन् ।

यस्तै जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्ने भएका छन्। दोहा, जापान, दुबई, ओमान, कुवेत लगायतका गन्तव्यमा उडान शुरु भएको हो। यसरी उडान सञ्चालन गर्दा जनस्वास्थ्यको मापदण्ड पूर्ण पालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *