Main News

महाधिवेशन आयोजक कमिटी बैठकमा मागियो शिक्षामन्त्री श्रेष्ठको राजीनामा

हिमालय टिभी
२०७८ असार १६ गते १४:५२
महाधिवेशन आयोजक कमिटी बैठकमा मागियो शिक्षामन्त्री श्रेष्ठको राजीनामा

१६ असार २०७८ काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा मागिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा पूर्वमन्त्री जगतबहादुर विश्वकर्मा र बमबहादुर विश्वकर्माले रूपा सुनार प्रकरणमा गल्ती गरेकाले मन्त्रीले श्रेष्ठले राजीनामा दिनुपर्ने बताउनुभयो ।

उहाँहरुले रूपा सुनारको मुद्दामा मन्त्री श्रेष्ठको व्यवहार दुःखद र खेदजनक रहेको भन्दै यसले जातीय विभेदविरूद्ध सबै नागरिकलाई आहात पुर्‍याएको बताउनुभयो ।

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री श्रेष्ठको व्यवहार शोभनीय नभएको बताउनुभयो । श्रेष्ठले आफूसँग भावनामा बगेर कमजोरी भएको स्वीकारेको र भविष्यमा यस्तो नगर्ने बताएको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी दिनुभयो ।

बैठकमा शिक्षा मन्त्री श्रेष्ठले यस विषयमा कुनै प्रतिक्रिया नदिएको जनाइएको छ । थरकै आधारमा रूपा सुनारलाई कोठा नदिएको आरोप लागेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ प्रहरी चौकीमै पुगेको र गाडीमा लिफ्ट दिएर घरसम्म छाडेकोमा आलोचना भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *