प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस जारी रहने
१६ असार २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतिरक्षामा आज पनि बहस जारी रहनेछ ।
आज पनि सरकार पक्षका कानून व्यवसायीहरुले बहस गर्नेछन् । सोमबार र हिजो संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समयमध्ये अब ७ घण्टा ५५ मिनेट मात्र बाँकी छ ।
हिजो सरकारको पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् । नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा. टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गर्नुभएको हो ।
नायव महान्यायाधिवक्ता कोइरालाले दलको म्यान्डेट विपरीत अर्को दललाई समर्थन गर्ने छुट सांसदहरुलाई दिँदा मुलुक अस्थिरतामा जाने जिकिर गर्नुभएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिट निवेदन माथि आज संवैधानिक इजलासमा बहस गर्दै उहाँले सांसदहरु दलको म्यान्डेट अनुसार नै रहनुपर्ने धारणा राख्नुभयो ।
सरकार पक्षलाई छुट्याइएको १५ घण्टामध्ये १ घण्टा सभामुख अग्नि प्रसाद सापकोटाका कानून व्यवसायीका लागि छुट्याइएको छ ।
प्रतिक्रिया