Main News

आज पनि देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुँदै

हिमालय टिभी
२०७८ असार १६ गते ७:३६
आज पनि देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुँदै

१६ असार २०७८ काठमाडौं । सक्रिय अवस्थामा रहेको मनसुनी वायुका कारण आज देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुँदैछ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान बुलेटीन जारी गर्दै देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहने हुनाले मनसुन सक्रिय हुने भएको हो ।

प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू–भागमा पहिरो तथा गेग्रानको जोखिम रहेको, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।

आज राति पनि देशका अधिकांश स्थानमा वर्षा हुने तर प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा भूक्षय र गेग्रानसहितको पहिरो जाने र तराई क्षेत्रमा डुबान हुनसक्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *