Main News

दुई महिनापछि काठमाडौंका सडकमा सार्वजनिक यातायात, के भन्छन् चालक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १५ गते २०:३४
दुई महिनापछि काठमाडौंका सडकमा सार्वजनिक यातायात, के भन्छन् चालक ? (भिडियो रिपोर्टसहित)

१५ असार २०७८ काठमाडौं । झण्डै दुई महिनापछि काठमाडौंमा सार्वजनिक गाडी चलेका छन् । प्रशासनले जोर बिजोर प्रणालीमा सबै प्रकारका निजी र २५ सिटभन्दा बढी क्षमताका भाडाका गाडी चल्न दिएको छ । लामो समयपछि सडकमा निस्किएका गाडी चालकले भने अनेक गुनासो गरेका छन् ।

वैशाख १६ गतेदेखि ग्यारेजमा थन्किएका भाडाका ठूला गाडी काठमाडौंका सडकमा निस्किएका छन् । सरकारले सिट क्षमताको आधा संख्यामा मात्र यात्रु बोक्न अनुमति दिएको छ । यो नियमका कारण समस्या परेको गाडी संचालकको गुनासो छ ।

काठमाडौंको खुलामञ्चमा रहेको बसपार्क काठमाडौं महागरपालिकाले बन्द गरेको छ । गाडीलाई काठमाडौं टुँडिखेल वरपर यात्रु चढाउन र ओराल्न मात्र दिइएको छ । यसले आफुहरुलाई निकै समस्या भइरहेको चालकको गुनासो छ ।

२५ भन्दा बढी सिट क्षमताका गाडी चले पनि माइक्रोबस लगायतका साना भाडाका गाडी भने चल्न पाएका छैनन् । गाडी चलाउन नपाएका माइक्रो बसका चालकको व्यथा छुट्टै छ ।

यातायात क्षेत्रका मजदुरले पोहोरोको लकडाउनदेखि नै रोजगारी गुमाएका छन् । सरकारले आफूहरुका लागि पनि कुनै राहतका कार्यक्रम नल्याएकोमा सरकारसँग उनीहरुको गुनासो छ ।

सरकारले २५ सिटभन्दा बढी क्षमताका गाडी जोर बिजोर प्रणालीका आधारमा चल्न दिएको छ । तर सबैखालका गाडी पूर्ण क्षमतामा चल्न पाउनुपर्ने यातायात व्यवसायीको माग छ । उनीहरुले सरकारी निर्णय अवज्ञा गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *