Main News

रौतहटका दुई जना मेयरलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

हिमालय टिभी
२०७८ असार १५ गते १८:३०
रौतहटका दुई जना मेयरलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

१५ असार २०७८ काठमाडौं । सर्वोच्च अदालतले रौतहटका दुईजना मेयरलाई पदमुक्त नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि भनेको छ।

यसअघि माओवादी केन्द्रले अर्कै दलमा प्रवेश गरेको भन्दै दिएको निवेदनका आधारमा निर्वाचन आयोगले यी दुई मेयरसहित १४ जना जनप्रतिनिधि पदमुक्त भएको सूचना निकालेको थियो ।

अदालतले भने यी दुई मेयरले दलबदल गरेको वा पार्टीबाट राजीनामा दिएको यकिन हुन नसकेको भन्दै तत्काल निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

अदालतले कार्यपालिका प्रमुख पदमुक्त हुँदा स्थानीय तहको कामकारवाही एवम् अधिकारमा पनि अपूरणीय क्षति पुग्न सक्ने अर्को कारण पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *