Main News

मन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्रीले दिए यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १५ गते १८:१०
मन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्रीले दिए यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

१५ असार २०७८ काठमाडौं । जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई छुटेपछि आफ्नो गाडीमा लिफ्ट दिने मन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराउनुभएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई यो काम ठिक भएन भन्दै आइन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानून मन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिनुभयो ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीका जिज्ञासाको जवाफ दिँदै कानून मन्त्री श्रेष्ठले घटनामा प्रधानमन्त्रीको ध्यानाकर्षण भएको बताउनुभयो ।

मन्त्रीले नै जातीय विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ ।

सञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *