Main News

धानको उत्पादन र भण्डारणमा सरकारले काम गरिरहेको मन्त्री नेम्बाङको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १५ गते १८:०५
धानको उत्पादन र भण्डारणमा सरकारले काम गरिरहेको मन्त्री नेम्बाङको दाबी (भिडियो रिपोर्टसहित)

१५ असार २०७८ काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री बसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सके मात्रै देशमा समृद्धि प्राप्त हुने बताउनुभएको छ ।

अठारौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री नेम्वाङले कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने बताउनुभयो ।

सरकारले धानबालीको उत्पादकत्व बढाउने, आधुनिकीकरण गर्दै भण्डारण र बजार व्यवस्थापनका लागि स्पष्ट नीति बनाइरहेको उहाँले उल्लेख गर्नुभयो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डाक्टर योगेन्द्र कुमार कार्कीले चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन गर्न सफल भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *