कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु, २६३६ जना संक्रमित थपिए
१५ असार २०७८ काठमाडौं । निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण बिस्तारै बढ्न थालेको छ । काठमाडौं उपत्यकामा पनि नयाँ संक्रमितको संख्या अपेक्षित रुपमा घट्न सकेको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक २६ सय ३६ संक्रमित थपिएका छन् । ७ हजार २ सय ५९ पीसीआर परीक्षण गर्दा १७ सय २८ र ४ हजार ४ सय ८९ एन्टिजेन परीक्षण गर्दा ९ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संख्या हिजोको भन्दा धेरै हो । काठमाडौं उपत्यकामा ४ सय ५८ जना नयाँ संक्रमित भेटिएका छन् । ति मध्ये काठमाडौंमा ३ सय ३, ललितपुरमा एक सय र भक्तपुरमा ५६ जना छन् ।
उपत्यकावहिर चितवनमा १ सय ५५ र झापामा १ सय ५० संक्रमित थपिएका छन् । यस्तै सुनसरीमा १ सय ३८, मोरङमा ९०, बागलुङमा ७० र कास्कीमा ६१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक ४ हजार ३ सय ४८ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३५ हजार ३ सय १० मा झरेको छ ।
ति मध्ये ६ सय ४९ जनाको आइसीयु र १ सय ८४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया