Main News

नेता नेपालमाथि ओलीको अशोभनीय टिप्पणी, एमाले एकताको सम्भावना क्षीण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १४ गते २०:४९
नेता नेपालमाथि ओलीको अशोभनीय टिप्पणी, एमाले एकताको सम्भावना क्षीण (भिडियो रिपोर्टसहित)

१४ असार २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि अशोभनीय टिप्पणी गर्नुभएको छ ।

मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालमाथि अशोभनीय र आक्रामक टिप्पणी गर्नुभएको हो । यसले एमाले एकता निकै कठिन रहेको संकेत गरेको छ ।

एमालेका दोस्रो तहका नेताहरु एकता गराउन अहिले लागी परेका छन । तर सोमवार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसितसँगै हिंडन नसक्ने संकेत गर्नुभएको छ । ओलीले अराजक र अनुशासनहिन काम गरेको भन्दै नेपाललाई अलग बाटो लिनु राम्रो हुने टिप्पणी गर्नुभयो ।

केही नेताले प्रयास गरेपनि माधवकुमार नेपालसित एउटै पार्टीमा बसिन्छ भन्ने विश्वास ओलीलाई छैन । किनकी नेपालप्रति निकै तीक्त र आक्रामक देखिएका ओलीले नेपालको गन्तव्य कहाँ हो भनेर पनि देखि सक्नुभएको रहेछ ।

एमाले भित्र एकता जोगाउन वरिष्ठ नेता नेपाललाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाउने चर्चा पनि चलेको छ । नेता नेपालले तीन दिन अघि सार्वजनिक समारोहमै आफूलाई प्रधानमन्त्रीको अफर आएको दावी पनि गर्नुभयो ।

ओली निकट नेताले पनि त्यस्तो संभावना व्यक्त गरेका छन् । तर ओलीले यसलाई ठाडै अस्वीकार मात्रै गर्नुभएन नेता नेपालमाथि अमर्यादित टिप्पणी पनि गर्नुभयो ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेर हस्ताक्षर गरी अदालतसम्म पुगेपछि नेपाल लगायतका नेतासँग ओली निकै आक्रोशित हुनुहुन्छ । खासगरी वरिष्ठ नेता नेपालप्रति उहाँको आक्रोश बढी देखिन्छ । लीका अनुसार नेपालका गतिविधि लज्जाहीन भैसके ।

ओलीले नेपाललाई जनताको बहुदलिय जनबादको विरोधी भनेर पनि घोषणा गरिदिनुभयो । नेता नेपालप्रति ओलीको यो बुझाई र आक्रोशले एमाले एक हुने होईन, अलग हुने दिशातिरै अघि बढेको छ भन्ने प्रष्ट हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *