Main News

विपक्षी गठबन्धनप्रति यसरी आक्रामक रुपमा खनिए प्रधानमन्त्री ओली

हिमालय टिभी
२०७८ असार १४ गते १९:०९
विपक्षी गठबन्धनप्रति यसरी आक्रामक रुपमा खनिए प्रधानमन्त्री ओली

१४ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनको चर्को आलोचना गर्नुभएको छ । मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले विपक्षीमाथि हमला गर्नुभएको हो ।

विपक्षी गठबन्धनले संविधान च्यात्ने काम गरेको र उल्टो आफूलाई संविधान च्यातेको भनेर आरोप लगाएको भन्दै ओलीले आक्रोश व्यक्त गर्नुभयो ।चुनाव हुन पनि नदिने र नगर्ने दिशामा विपक्षी गठबन्धन गएको ओलीको आरोप छ ।

अदालतबाट प्रधानमन्त्री खोजेर राजनीतिलाई अदालतमा लगेको र अदालतलाई राजनीतिमा तानेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाउनुभयो । विपक्षी गठबन्धनले शक्ति पृथकीकरणको सिद्धान्त विपरित काम गरेको दावी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दलगत र व्यक्तिगत रुपमा पनि विपक्षी गठबन्धनका नेताहरुमाथि विभिन्न आरोप लगाउनुभयो ।

प्रचण्डको पछि लागेर हिंसात्मक राजनीति थालेको भन्दै ओलीले नेपाली कांग्रेसको भूमिकाप्रति चर्को असन्तुष्टि व्यक्त गर्नुभयो । अहिले कांग्रेसको आफ्नो नीति नभएको र प्रचण्डपथ अंगालेको प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभयो ।

देउवा केही जाली–फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्न खोजेको ओलीको टिप्पणी छ । प्रचण्डको कामै देश बिगार्ने भन्दै प्रधानमन्त्री ओलीले अहिले पनि एकदलीय शासन व्यवस्था ल्याउने गतिविधि गरिरहेको ओलीको आरोप छ ।

प्रचण्डप्रति निकै आक्रामक ओलीले हिजो जनता मारेको र अहिले गणतन्त्र विरुद्ध लागेको भन्दै कटाक्ष गर्नुभयो ।

प्रधानमन्त्रीको पछिल्लो आक्रोशले राजनीति थप पेचिलो बन्दै गएको संकेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *