Main News

कसैले पैसा लिएर कोरोनाको खोप लगाइदिन्छु भने तत्काल उजुरी गर्न सरकारको आग्रह

हिमालय टिभी
२०७८ असार १४ गते १८:२४
कसैले पैसा लिएर कोरोनाको खोप लगाइदिन्छु भने तत्काल उजुरी गर्न सरकारको आग्रह

१४ असार २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाविरूद्धको खोप निशुल्क रहेको भन्दै कसैले पैसा लिएर लगाइदिन्छु भनेमा तत्काल उजुरी गर्न आग्रह गरेको छ।

मन्त्रालयले आज सूचना निकालेर कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउँछु भनेमा तुरून्त स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गर्न भनेको हो ।

अहिले पालैपालो खोप वितरण भइरहेको भन्दै मन्त्रालयले त्यस्तो ठगीमा नपर्न सुझाव समेत दिएको छ । पछिल्लो पटक सरकारले खोप ल्याउन नसक्दा नागरिक निराश छन् ।

यही मौकामा कतिपयले ५ हजारसम्म लिएर खोप लगाइरहेको खबर सार्वजनिक भएपछि मन्त्रालय सक्रिय भएको हो ।

यसअघि कोभिसिल्ड खोप लगाएका झन्डै १४ लाख नागरिकले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *