Main News

कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु, २४४४ संक्रमित थपिए

हिमालय टिभी
२०७८ असार १४ गते १६:५०
कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु, २४४४ संक्रमित थपिए

१४ असार २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

पछिल्लो पटक २ हजार २ सय ४४ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ पीसीआर परीक्षणमा १ हजार ५ सय ९ र ४ हजार ९ सय ९२ एन्टिजेन परीक्षणमा ९ सय ३५ जनामा संक्रमण देखिएको हो ।

नयाँ संक्रमित मध्ये ५ सय १४ जना काठमाडौं उपत्यकामा छन् । जसमध्ये काठमाडौंमा ३ सय ५५, ललितपुरमा १ सय १२ र भक्तपुरमा ४७ नयाँ संक्रमित भेटिएका छन् ।

काठमाडौं बाहिर सबैभन्दा बढी झापामा १ सय ९३ र मोरङमा १ सय १६ नयाँ संक्रमित भेटिएका छन् । थप ३ हजार ८ सय ५३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो सँगै संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार ९ सय ५० मा झरेको छ ।

६ सय ५७ संक्रमितको आइसीयू र १ सय ९७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *