Main News
सभामुख सापकोटामाथि यसरी खनिए प्रधानमन्त्री ओली (भिडियो रिपोर्टसहित)
२०७८ असार १४ गते १६:४१
१४ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनलाई आफूविरुद्ध प्रयोग गरिएको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रचण्डको कार्यकर्ता बनेर संसद भवनलाई प्रयोग गर्न दिएको ओलीको आरोप छ । बालुवाटारमा भएको कार्यक्रममा ओलीले संसदको ल्होत्से हलमा विपक्षी गठबन्धनको कार्यक्रमम भैरहेकोमा कडा आपत्ति जनाउनुभयो ।
विपक्षी गठबन्धनले आज पनि ल्होत्से हलमा नागरिक समाजका अगुवासित छलफल गरिरहेको छ । गठबन्धनले यसअघि पत्रकारसँग पनि त्यहाँ अन्तरक्रिया गरेको थियो ।
प्रतिक्रिया