Main News

विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा

हिमालय टिभी
२०७८ असार १४ गते १३:३४
विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा

१४ असार २०७८ काठमाडौं । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

असार १६ गतेदेखि १९ गतेसम्म मशाल जुलुशसहित देशव्यापी आन्दोलन गर्ने निर्णय भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

आन्दोलनका कार्यक्रमअनुसार भोलि त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने लगायतका निर्णय विद्यार्थी संगठनहरुले गरेका छन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले सरकारविरुद्ध संयुक्त विरोध कार्यक्रम गर्दै आएका छन् ।

संयुक्त संघर्ष समितिको संयन्त्र सबै प्रदेश र जिल्लाहरुमा निर्माण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *