Main News

कांग्रेसमा क्रियाशील सदस्यका विषयमा ७५ जिल्लाबाट उजुरी

हिमालय टिभी
२०७८ असार १३ गते १९:२२
कांग्रेसमा क्रियाशील सदस्यका विषयमा ७५ जिल्लाबाट उजुरी

१३ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यताका बारेमा ७५ वटा जिल्लाबाट उजुरी आएको छ ।

क्रियाशील सदस्यताका विषयमा देखिएको विवाद समाधानका लागि गठित छानबिन समितिले क्रियाशील सदस्यको विवरण सार्वजनिक भएपछि ७५ वटा जिल्लाबाट उजुरी र गुनासो आएको जानकारी दिएको हो । आएका उजुरी र गुनासो सहमतिमै समाधान गर्दै लगेको समितिले जनाएको छ ।

बारा, बर्दिया र सिन्धुपाल्चोकमा विवाद भएपछि क्रियाशील सदस्यता इन्ट्रिको काम रोकिएकोमा विवाद समाधान भएर काम अघि बढेको समितिका संयोजक रमेश लेखकले जानकारी दिनुभयो ।

सदस्या विवादका बारेमा साझा धारणा तय गर्न बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा विवाद समाधानका लागि भइरहेको प्रयास बारे समितिले जानकारी दिएको छ ।

समितिले कार्यतालिका अनुसार नै स्थानीय वडादेखि जिल्लातहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने गरि क्रियाशिल सदस्यताको विवाद समाधान गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *