काठमाडौं उपत्यकामा निषेधाज्ञा : भोलि मात्रै निर्णय हुने (भिडियो रिपोर्टसहित)
१३ असार २०७८ काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा भोलि मात्रै निर्णय हुने भएको छ ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागू हुनेगरी निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताउनुभएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाको ३ वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफूहरु परामर्शमै रहेको उहाँले बताउनुभयो ।
उपत्यकामा संक्रमण दर घटेको भएपनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक/डेढ हप्ता खोल्न नहुने सुझावहरु आएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया