Main News

कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो, थप ३४ जनाको मृत्यु हुँदा १९२० संक्रमित थपिए

हिमालय टिभी
२०७८ असार १३ गते १७:००
कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो, थप ३४ जनाको मृत्यु हुँदा १९२० संक्रमित थपिए

१३ असार २०७८ काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । पछिल्लो पटक ३४ जना मृतक थपिएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ पुगेको हो ।

पछिल्लो पटक देशभर १ हजार ९ सय २० जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६ लाख ३३ हजार ६ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलका अनुसार पछिल्लो पटक ६ हजार जनाको पीसीआर र ३ हजार ८ सय ३६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा क्रमशः १ हजार ३ सय ५३ र ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २ सय ९२, ललितपुरमा एक सय र भक्तपुरमा ३२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । उपत्यका बाहिर सुनसरीमा १ सय ७१ संक्रमित थपिँदा मोरङमा एक सय ४ जना संक्रमित थपिएका छन् ।

हाल देशभर ४० हजार ३ सय ३६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ । ती मध्ये ७ सय ६ जनाको आइसीयू र २ सय जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार थप ३ हजार ७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८४ हजार तीन सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *