Main News

गण्डकी प्रदेशमा मन्त्रालय भागबण्डामा फेरि यस्तो किचलो

हिमालय टिभी
२०७८ असार १३ गते १४:५६
गण्डकी प्रदेशमा मन्त्रालय भागबण्डामा फेरि यस्तो किचलो

१३ असार २०७८ पोखरा । गण्डकी प्रदेशमा मन्त्रालय भागबण्डाबारे दलहरुबीच फेरि किचलो भएको छ । जेठ २९ गते मुख्मन्त्रीसँगै मन्त्री नियुक्त भएका चार मन्त्रीको कार्यविभाजन टुङ्गो लागेको भनिए पनि फेरि किचलो भएको हो ।

दलहरुबीच सहमति भएर आजै चार मन्त्रीले पदवहाली गर्ने कार्यक्रम तय भएको थियो । तर आज प्रदेश प्रमुख कार्यालयबाट जारी भएको प्रेस विज्ञप्तीमा नेपाली कांग्रेसका कुमार खड्काले शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा समाजिक विकास मन्त्रालय र माओवादी केन्द्रकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएको उल्लेख छ ।

जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेको
मन्त्रालय तोकिएको छैन । आचार्यले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र मनाङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भनिएको थियो ।

खेलकूद मन्त्रालय लिन अस्वीकार गरेका मनाङेले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गरिरहनु भएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीबाहेक १० वटा मन्त्रालय बनाइएको छ ।

अझै ६ मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ। मन्त्रालय भागबण्डा टुङ्गो लगाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दलहरुसँग छलफल जारी राख्नु भएको छ ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदबीच गठबन्धन गरेर नयाँ सरकार बनाइएको थियो । राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने भनिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *