Main News

सुनसरीमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु, दुई जना घाइते

हिमालय टिभी
२०७८ असार १३ गते १३:२५
सुनसरीमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु, दुई जना घाइते

१३ असार २०७८ सुनसरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्।

पुर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र भ्याजिक भेनलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह,पछाडि सवार विराटनगर ९ का रामप्रसाद साह र म्याजिक चालक विराटनगरका अक्षयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ । तीनै जनाको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ३ ख ७२४४ नम्बरको हाइसले ओभरटेक गर्नेक्रममा पश्चिमबाट पुर्वतर्फ आइरहेको स १ छ ४६६१ नम्बरको मोटरसाइकल र बा ३ ख ९३६८ नम्बरको म्याजिकलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *