Main News

सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज पारित गर्ने तयारी

हिमालय टिभी
२०७८ असार १३ गते ७:४३
सुदूरपश्चिम प्रदेश सरकारको बजेट आज पारित गर्ने तयारी

१३ असार २०७८ धनगढी । तीव्र विवादकै बीच आज सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरेको छ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट आज पास गर्ने तयारी गर्नु भएको हो ।

तर प्रदेश सरकारले गैरकानूनी रुपमा अध्यादेशमार्फत बजेट ल्याएको, वार्षिक विकास कार्यक्रममा त्रुटि भएको, अछाम र बाजुरामा पूर्वाधारका अधिकांश योजना राखिएको, व्यक्ति तथा फर्महरुलाई गैरकानूनी रुपमा बजेट वितरण गरिएको भन्दै विरोध भइरहेको छ ।

विरोधकै बीच सरकारले बजेट पास गर्न लागेको हो। अर्थमन्त्री शाहको गृह जिल्ला बाजुरा र नेकपा एमालेका नेता भीम रावलको गृह जिल्ला अछाममा पूर्वाधारका अधिकांश योजनाको बजेट विनियोजन गरिएको भन्दै सत्तापक्षकै सांसद र मन्त्रीहरुले असन्तुष्टि जनाएका छन् ।

आज दिउँसो २ बजे बस्ने संसद बैठकमा मन्त्री शाहले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *