Main News

कोरोना संक्रमितको संख्या घट्दो, थप ३० जनाको मृत्यु, २०१५ संक्रमित थपिए

हिमालय टिभी
२०७८ असार १२ गते १६:४६
कोरोना संक्रमितको संख्या घट्दो, थप ३० जनाको मृत्यु, २०१५ संक्रमित थपिए

१२ असार २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण घटेको छ । नयाँ संक्रमितको संख्या असार ७ गतेयताकै कम भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक २ हजार १६ जना संक्रमित थपिएका छन् । ४ हजार ७ सय ४ पीसीआर परीक्षण गर्दा १ हजार एक सय ७४ र ४ हजार आठ सय ६ एन्टिजेन परीक्षण गर्दा ८ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो पटक पीसीआरभन्दा एन्टिजेन परीक्षण बढी गरिएको छ । काठमाडौँमा १ सय ८१, ललितपुरमा ४३ र भक्तपुरमा २५ संक्रमित मात्रै थपिएका छन् ।

उपत्यका बाहिर कास्कीमा १ सय २७, नुवाकोटमा एक सय १०, मोरङमा ९९, झापामा ६८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक ४ हजार ९ सय १४ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ४२ हजार २४ मा झरेको छ । ति मध्ये ७ सय ३४ जनाको आइसीयूमा र २ सय २२ जनाको भेन्टीलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *