Main News

आगामी तीन दिन दिनभर देशका अधिकांश स्थानमा वर्षा हुने

हिमालय टिभी
२०७८ असार १२ गते ७:५३
आगामी तीन दिन दिनभर देशका अधिकांश स्थानमा वर्षा हुने

१२ असार २०७८ काठमाडौं । मनसुनी वायुको सक्रियताका कारण आज दिनभर देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले भोलि साँझसम्म देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ । महाशाखाले जारी गरेको आगामी ३ दिनको मौसम प्रक्षेपणसम्बन्धी बुलेटिन अनुसार आज पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

आज प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज प्रदेश नं १ र बागमती प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू(भागमा गेग्रानसहितको पहिरो र बाढीको सतह बढ्दा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यसैगरी भोलि सामान्यदेखि पूर्ण बदली रहनेछ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि प्रदेश १, २ र बागमती प्रदेश थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

वर्षाको समय भएकाले अत्याधिक वर्षा हुने र जमिनका सतह कमजोर हुने भएकाले बाढीसँगै पहिरोको उच्च जोखिम बढेको भन्दै महाशाखाले आवश्यक सावधानी अपनाउन अपिल समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *