फ्लोर क्रस गर्ने चारमध्ये तीन एमाले कर्णाली प्रदेश सांसद फेरि निलम्बित
१२ असार २०७८ काठमाडौं । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर विश्वासको मत दिने कर्णाली प्रदेशका चार सांसदमध्ये तीनजना फेरि निलम्बनमा परेका छन् ।
नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रदेश सभा सचिवालयले उनीहरुलाई निलम्बित गरेको हो ।
संसदीय दलको बैठकको निर्णय अनुसार भौतिकमन्त्री अम्मरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमिमन्त्री कुर्मराज शाहीलाई निललम्बन गरिएको विज्ञप्ती निकालेर सिचवालयले जानकारी दिएकोछ ।
उनीहरुले संसदीय दलको निर्णय पालना नगरेकाले एक महिनाका लागि प्रदेशको संसदबाट निलम्बित गरिएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
यसअघि पनि उनीहरुलाई सांसदबाट निलम्बन गर्दा सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो । फ्लोर क्रस गर्ने अर्का सांसद प्रकाश ज्वालालाई भने निलम्बन गरिएको छैन ।
ज्वाला असार १ गते दलको बैठकमा सहभागी हुनुभएको थियो भने सोही दिन प्रदेश सभामा समेत विपक्षमा बस्नु भएको थियो ।
प्रतिक्रिया