Main News

संघीय निजामती ऐनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा सरकार

हिमालय टिभी
२०७८ असार ११ गते १६:५३
संघीय निजामती ऐनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा सरकार

११ असार २०७८ काठमाडौं । सरकारले फेरि अर्को अध्यादेश ल्याउने तयारी गरेको छ । कर्मचारीको पदपूर्ति र बढुवा रोकिँदा समस्या परेको भन्दै सरकारले संघीय निजामति ऐन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको हो ।

मन्त्रालयमा पदभार ग्रहण गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लीलानाथ श्रेष्ठले राजनीतिक अस्थिरताका कारण समयमै संघीय निजामती ऐन नआएको कारण कर्मचारीको पदपुर्ति र बढुवा रोकिँदा कर्मचारीको मनोबल गिरेकाले अध्यादेश ल्याउनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँका अनुसार यसका लागि अध्ययन भैरहेको छ ।

मन्त्री श्रेष्ठले केन्द्रको राजनीतिका कारण प्रदेश र स्थानीय तहमा समेत अनुशासनहीनता बढको बताउनुभयो ।

कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठलाई हिजो मात्रै प्रधानमन्त्रीले थप मन्त्रालयको कार्यभार सुम्पिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *