प्रदर्शनमा उत्रिएका पुनर्निर्माण प्राधिकारणका इन्जिनियर सबइन्जिनियर पक्राउ (भिडियो रिपोर्टसहित)

११ असार २०७८ काठमाडौं । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय संरक्षण समितिको नेतृत्त्वमा शहरी विकास तथा भवन निर्माण विभागमा सामूहिक राजीनामा दिने भन्दै परिसरमै प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्राधिकरणले दिने भनेको सेवा सुविधाबाट बञ्चित गराउने र पुनर्निर्माणको काम नसकिँदै कामबाट निकाल्न लागेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरुले बताएका छन् ।
२०७२ सालको भूकम्पपछि प्राधिकरणले पुनर्निर्माणका लागि भन्दै इन्जिनियर र प्राविधिक कर्मचारी गरी झण्डै चार हजार जनालाई करारमा भर्ना गरेको थियो ।
अब पुनर्निर्माणको काम सकिन लागेको भन्दै प्राधिकरले भूकम्प प्रभावित ३१ जिल्लाका लागि १ सय १० इन्जिनियर र सब–इन्जिनियरलाई राखेर अरूलाई बिदा गर्ने निर्णय गरेको छ । त्यसपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
पुनर्निर्माणको काम नसकी जागिरबाट निकाल्न पाइँदैन भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले खाइपाई आएको भौगोलिक र प्रोत्साहन भत्ता लगायत अन्य सेवा, सुविद्याको माग गरेका छन् ।
प्रतिक्रिया