Main News

यूरोपियन यूनियनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ११ गते १३:३७
यूरोपियन यूनियनद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण (भिडियो रिपोर्टसहित)

११ असार २०७८ काठमाडौं । यूरोपियन यूनियनले नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूरोपियन यूनियनका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

यूनियनले २० थान भेन्टिलेटर, ६ हजार थान आइसोलेशन गाउन र १० हजार थान स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । यूनियनले दिएको स्वास्थ्य सामग्री आवश्यक अस्पतालहरुमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भेन्टिलेटर भने केन्द्रीय तथा प्रादेशिक अस्पतालमा पठाइने मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर रोशन पोखरेलले जानकारी दिनुभयो ।

यसअघि पनि यूरोपियन यूनियनले कोरोना महामारीलाई लक्षित गर्दै नेपाललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *