Main News

राष्ट्रपति र प्रधानमन्त्रीको काममा बदनियत देखिएको वरिष्ठ अधिवक्ता अर्यालको जिकिर

हिमालय टिभी
२०७८ असार ११ गते १३:०१
राष्ट्रपति र प्रधानमन्त्रीको काममा बदनियत देखिएको वरिष्ठ अधिवक्ता अर्यालको जिकिर

११ असार २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । रिट निवेदकको तर्फबाट आज २९ जना कानून व्यवसायीले बहस गर्दै छन् ।

इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपति र प्रधानमन्त्रीको काम बदनियतपूर्ण देखिएको दावी गर्नुभयो । प्रधानमन्त्रीले ‘संविधानको पालना गर्छु’ भनेर शपथ खाएको तर पालना नगरेको अर्यालले तर्क गर्नुभयो ।

राष्ट्रपतिले संसदमा जानका लागि बाटो फुकाइ दिनुपर्नेमा जसपा र प्रधानमन्त्रीले पठाएको पत्रलाई आधार मानेर बदनियतपूर्ण निर्णय गरेको उहाँले जिकिर गनुृभयो ।

राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार संविधानले नदिएको पनि उहाँले बताउनुभयो ।

रिट निवेदक पक्षले शुरुवाती बहस गर्ने आज अन्तिम दिन हो । आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेलले सबैभन्दा बढी ३०–३० मिनेट बहस गर्नुहुनेछ ।

त्यस्तै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले २५ पूर्व महान्यायाधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा भीमार्जुन आचार्यलाई बहसका लागि २०– २० मिनेटको समय निर्धारण गरिएको छ । अधिवक्ता टीकाराम भट्टराईलाई १५ मिनेट समय छुट्याइएको छ ।

अन्य कानुन व्यवसायीहरुलाई न्यूनतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ । आइतबारदेखि रिट निवेदनको विपक्षी अर्थात सरकारी पक्षको बहस शुरु हुनेछ ।

सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *