Main News

मूल्यवृद्धि र संसद विघटनविरुद्ध सडकमा पाँच विद्यार्थी संगठन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १० गते २०:४०
मूल्यवृद्धि र संसद विघटनविरुद्ध सडकमा पाँच विद्यार्थी संगठन (भिडियो रिपोर्टसहित)

१० असार २०७८ काठमाडौं । मूल्यवृद्धि र प्रतिनिधिसभा विघटनको विरोध गर्दै विपक्षी दल निकट विद्यार्थी संगठन सडकमा उत्रिएका छन् ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी निकट अखिल क्रान्तिकारी, एमालेको माधव नेपाल समूह निकट अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी युनियन र जनमोर्चाको अखिल छैटौं संयुक्त रुपमा आन्दोलनमा उत्रिएका हुन् । काठमाडौंको भृकुटीमण्डपमा उनीहरुले आज प्रदर्शन गरेका छन् ।

प्रदर्शनपछि आयोजित कोणसभामा नेविसंघ अध्यक्ष राजीव ढुंगानाले सरकार कोरोना महामारीबाट प्रभावित नागरिकका समस्यामा भन्दा सत्ता बचाउनमा केन्द्रित भएको बताउनुभयो । सत्ता टिकाउन ओली सरकार लोकतन्त्र र संविधान समाप्त पार्ने दिशामा अघि बढेको उहाँको आरोप छ ।

अनेरास्वियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तमाङले महँगी र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको बताउनुभयो ।

एमालेको नेपाल खनाल समूह निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले खोक्रो राष्टवाद देखाउँदै आएका प्रधानमन्त्री ओली राजनीतिबाट पतन भइसकेको दाबी गर्नुभयो ।

अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले प्रधानमन्त्री ओलीको अधिनायकवादी कदमका कारण देशमा संकट निम्तिएको आरोप लगाउनुभयो । विद्यार्थी संगठनले भोलिदेखि देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने बताएका छन् ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *