Main News

प्रदेश २ का सभामुख पदीय मर्यादा नाघेर दलको बैठकमा ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १० गते २०:३३
प्रदेश २ का सभामुख पदीय मर्यादा नाघेर दलको बैठकमा ! (भिडियो रिपोर्टसहित)

१० असार २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारबाट बाहिरिएपछिको अवस्था समीक्षा गर्न बोलाएको आफू पक्षका नेताको बैठकमा प्रदेश २ का सभामुख सरोजकुमार यादव पनि सहभागी हुनु भएको छ ।

नेताहरुको बैठक चलिरहेको बेला यादव आफ्नो पदीय मर्यादा बिर्सिएर पार्टी कार्यालयमा पुग्नुभएको हो ।

उहाँ हुनुहुन्छ प्रदेश २ का सभामुख सरोजकुमार यादव । जो जनता समाजवादी पार्टीको बबरमहलस्थित कार्यालयमा प्रवेश गर्दै हुनुहुन्छ ।

सरकारी गाडीमा झन्डा हल्लाउँदै सुरक्षाकर्मीसहित उहाँ यस्तो बेलामा पार्टी कार्यालयमा पुग्नुभएको छ । जति बेला जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारबाट बाहिरिएपछिको अवस्था समीक्षा गर्न आफू पक्षधरको बैठक बोलाउनुभएको थियो ।

पार्टी कार्यालयमा बैठकका लागि नेताहरु आउनु अघि नै आएका उहाँ बैठक चलुञ्जेल बस्नुभयो । संसदीय मान्यतामा सभामुख निष्पक्ष हुनुपर्छ । सभामुख चयन हुनुअघि दलको नेता वा कार्यकर्ता भए पनि सभामुखको जिम्मेवारीमा आएपछि उसले दलको साधारण सदस्यसमेत त्याग्ने परम्परा छ ।

तर प्रदेश २ का सभामुखलाई यी परम्परा नैतिकताको कुनै बन्धन भएन । त्यसैले त उहाँ अध्यक्ष ठाकुरले बोलाएको आफू पक्षका नेताको बैठक चलिरहेका बेला पार्टी कार्यालयमा पुग्नुभयो । र बैठक अवधिभर बस्नुभयो । उहाँले आफू पार्टी कार्यालय गएको स्वीकारे पनि बैठकमा सहभागी नभएको दावी गर्नुभएको छ ।

साथी भाइ भेट्नका लागि पार्टी कार्यालय गएको तर बैठकमा सहभागी नभएको दाबी गरे पनि उहाँ छलफलमा सामेल हुनुभएन भन्ने कुनै ग्यारेन्टी छैन । किनकी उहाँ बैठक चलुञ्जेल पार्टी कार्यालयमा नै हुनुहुन्थ्यो ।त्यसैले सभामुखको पार्टी बैठकमा उपस्थिति शंकाको घेरामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *