Main News

मन्त्री पद खोसिएका जसपाका नेता झण्डावाल गाडीमा सरर…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १० गते २०:२६
मन्त्री पद खोसिएका जसपाका नेता झण्डावाल गाडीमा सरर…(भिडियो रिपोर्टसहित)

१० असार २०७८ काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै २० जना मन्त्रीको पद गुम्यो । ति मध्ये ११ जना जनता समाजवादी पार्टी जसपाका छन् । मन्त्रीबाट पदमुक्त भएका जसपाका नेताले अहिले पनि सरकारी सम्पति दुरुपयोग गरिरहेका छन् ।

उनीहरु आज मन्त्रीको झण्डावाल गाडी नै चढेर पार्टीको बैठकमा सहभागी भएका छन् । यसअघि सर्वोच्चको आदेश आएकै दिन बेलुकी प्रधानमन्त्री ओलीले पद गुमाएका मन्त्रीलाई बोलाएर झण्डा छोपेर गाडी चढ्न र मन्त्री क्वार्टर नछाड्न भनेको खबर सार्वजनिक भएको थियो ।

झन्डा छोपिएको र जसपा कार्यालयमा छिर्दै गरेको यो गाडी मन्त्रीको गाडी हो । अनि यो गाडीमा चढ्ने चाहिँ मन्त्री हुनुहुन्छ । उहाँ निवर्तमान उर्जा राज्यमन्त्री चन्द्रकान्त चौधरी हुनुहुन्छ । जो राज्यमन्त्रीको पद गुमाए पनि सरकारी झण्डावाल गाडीमा हिँडिरहनु भएको छ ।

जसपा कार्यालयमै भेटिएको यो बा १ झ ८७६१ नम्बरको यो गाडी पनि मन्त्रीले चढ्ने गाडी हो । तर यसमा पनि मन्त्री हैन पूर्व मन्त्री सवार छन् । १९ दिन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका लक्ष्मणलाल कर्णले अहिले पनि यो गाडी प्रयोग गरिरहनुभएको छ ।

पार्टीका बैठक हुन् वा अरु घरायसी काम जता पुग्दा पनि पूर्वमन्त्रीले अहिले पनि सरकारी गाडीमा सयर गर्न छाडेका छैनन् ।

गत मंगलवार सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय बदर गरिदिएपछि कर्ण र चौधरी सहित २०जनाको पद गुमेको थियो । अदालतको आदेश अनुसार २० जनाले मन्त्रीको हैसियत गुमाइसकेका छन् । तर पनि केहीले भने मन्त्रीको हैसियतमा पाउँदै आएको सेवा सुविधा छाड्न चाहेका छैनन् ।

र उनीहरुलाई गाडी मात्र हैन क्वार्टर पनि नछाड्न प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्देशन दिएको खबर सार्वजनिक भएको थियो । अदालतको फैसला आएको दिन बेलुकी निवर्तमान मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्रीले झन्डा छोपेर गाडी चढ्न र मन्त्री क्वार्टरमा बस्दा केही समस्या नहुने भनेको सूचना बाहिरएको थियो ।

कर्ण र चौधरीले प्रधानमन्त्रीले भने जस्तै गरी झन्डावाल गाडी प्रयोग गरिरहे पनि जसपाकै अरु पूर्व मन्त्रीले भने त्यसो गरेका छैनन् ।

बिहीबार जसपाको बैठकमा आउँदा निवर्तमान उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, चन्दा चौधरी लगायत नीजि गाडीमै आउनु भयो ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *