राजनीति

विपक्षी गठबन्धनले राष्ट्रपति र प्रधानमन्त्रीलाई दियो यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १० गते २०:१७
विपक्षी गठबन्धनले राष्ट्रपति र प्रधानमन्त्रीलाई दियो यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

१० असार २०७८ काठमाडौं । विपक्षी गठबन्धनले संविधान र लोकतन्त्र बचाउनका लागि सबैलाई अपील गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी शासन अन्त्य गरेरै छोड्ने दावी गरेको छ ।

सम्पादकहरुसितको अन्तरक्रियामा विपक्षी दलका शीर्ष नेताले मुलुकमा अहिले लोकतन्त्र र देश बचाउने र सिध्याउनेका बीचमा संघर्ष भैरहेको बताए । उनीहरुले आफूहरुको संघर्षलाई त्यसै अनुसार बुझ्न पनि सबैलाई अपील गरेका छन ।

अन्तरक्रियामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई संकटमा धकेलेको भन्दै संघर्षबाटै संविधान र लोकतन्त्रको संरक्षण गर्ने बताउनुभयो । संविधान जोगाउनु अहिले सबको साझा दायित्व भएको पनि देउवाले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशको हित चाहने र नचाहनेबीच संघर्ष भैरहेको बताउँदै त्यही रुपमा नै यसलाई बुझन् आग्रह गर्नुभयो । गठबन्धनको सघंर्ष प्रधानमन्त्रीका लागि नभएको उहाँले प्रष्टिकरण दिनुभयो ।

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवुकमार नेपालले ओलीले मुलुकलाई प्रतिगमनतिर धकेलेको भन्दै त्यसका विरुद्ध एक भएर लड्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । आफूमाथि कारवाही हुँदा पनि मतलव नगरी आन्दोलनमा आएको नेपालले बताउनुभयो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीले निरंकुश र स्वेच्छाचारी शासन चलाउन खोजेको आरोप लगाउनुभयो ।

राष्टिय जनमोर्चाका महासचिव मनोज भट्टले सबै मिलेर प्रतिगमनलाई परास्त गर्नुपर्ने बताउनुभयो । ओलीले विदेशीको डिजाईनमा काम गरेको भट्टको आरोप छ ।

विपक्षी गठबन्धनले संघर्षको दायरा फराकिलो बनाएर ओली विरुद्ध लड्ने पनि बताएको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्