आज पनि देशभरको मौसम प्रतिकुल रहने

Himalaya Television
२०७८ असार १० गते ८:५८

आज पनि देशभरको मौसम प्रतिकुल रहने

१० असार २०७८ काठमाडौं । आज पनि देशभरको मौसम प्रतिकुल रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोे छ ।

हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा र बागमती प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs