Main News

ललितपुर महानगरका जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ९ गते १८:२०
ललितपुर महानगरका जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज खोप (भिडियो रिपोर्टसहित)

९ असार २०७८ काठमाडौं । ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको छ ।

महानगरपालिकाभित्रका विभिन्न ८ वटा केन्द्रमा खोप लगाइएको छ । खोप लगाउन आउने केन्द्रमा पुगेका जेष्ठ नागरिकले महानगरपालिकाको व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् । खोप केन्द्र अव्यवस्थित र भिडभाड बढी भएको उनीहरुको गुनासो थियो ।

पहिलो डोज लगाएका जेष्ठ नागरिकसहित जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयंसेवक गरेर साढे २ हजार जनालाई दोस्रो डोज लगाइएको छ ।

शुरुवाती चरणमा कोभिसिल्ड खोप लगाएका देशभरका १३ लाख भन्दा बढी नागरिकले दोस्रो डोज पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *