Main News

मन्त्रिपरिषद् विस्तार बदर गर्ने सर्वोच्चको आदेशको जनमोर्चाद्वारा स्वागत

हिमालय टिभी
२०७८ असार ९ गते १४:४२
मन्त्रिपरिषद् विस्तार बदर गर्ने सर्वोच्चको आदेशको जनमोर्चाद्वारा स्वागत

९ असार २०७८ काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेकोमा राष्ट्रिय जनमोर्चाले स्वागत गरेको छ ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकालेर अदालतको आदेशको स्वागत गर्नुभएको हो । अदालतको आदेशले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी, असंवैधानिक तथा निरङ्कुश कार्यका विरुद्ध प्रहार गरेको र संविधानको रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको जनमोर्चाको ठहर छ ।

सरकारको स्वेच्छाचारी तथा निरंकुश कार्यलाई नियन्त्रण र सन्तुलनमा राख्नका लागि संविधानले संसद तथा सर्वोच्च अदालतको संवैधानिक व्यवस्था गरेकोमा संवैधानिक व्यवस्था खतम गर्न संसदलाई विघटन गर्ने तथा सर्वोच्च अदालतलाई समेत धम्काउने काम ओलीले गरेको जनमोर्चाले आरोप लगाएको छ ।

जनमोर्चाले प्रधानमन्त्री ओलीले सत्ताका लागि नेपालको गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षताका विरुद्ध रहेका विदेशी शक्तिको रणनीतिका समेत हिस्सेदार बनेको गम्भीर आरोप लगाएको छ ।

गणतन्त्र, राष्ट्रियता तथा धर्मनिरपेक्षता ओलीका कारण खतम हुने स्थिति आएको भन्दै जनमोर्चाले संघर्षमा जोड दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *