Main News

आगामी ५ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप : प्रधानमन्त्री ओली

हिमालय टिभी
२०७८ असार ९ गते १४:३८
आगामी ५ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप : प्रधानमन्त्री ओली

९ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ५ महिनाभित्र सबै नागरिकलाई खोप लगाउने दाबी गर्नुभएको छ ।

नेपाल बाल संगठनको केन्द्रीय सभालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप खरीदको विषय सुल्झदै गएको र सन् २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइने दाबी गर्नुभयो ।

उहाँले अर्को वर्ष भर्चुअल माध्यमबाट कार्यक्रम गर्नुपर्ने अवस्था नरहने भन्दै सबैलाई खोप लगाएर प्रत्यक्ष भेटेरै कार्यक्रम गर्न सकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले गत वर्ष पनि तीन महिनाभित्रै सबै नागरिकलाई खोप लगाइसक्ने बताउनुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व पाउन सक्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *