Main News

दलित भएका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी प्रधान रिहा

हिमालय टिभी
२०७८ असार ९ गते १४:२१
दलित भएका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी प्रधान रिहा

९ असार २०७८ काठमाडौं । दलित भएकै कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भएकी छन् ।

रुपा सुनारको उजुरीमा पक्राउ बुद्धनगरकी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो । उनलाई प्रहरीले असार ६ गते पक्राउ गरेर छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

अदालतको आदेशसँगै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा सिंहदरबार वृत्तले प्रधानलाई रिहा गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *