Main News

रोल्पाको होमामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

हिमालय टिभी
२०७८ असार ९ गते १२:४३
रोल्पाको होमामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

९ असार २०७८ लिबाङ । रोल्पाको रोल्पा नगरपालिका –९ होमामा गएराति पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा स्थानीय तिकासिंह बुढामगरका ८६ वर्षीय आमा क्रति बुढामगर, १८ वर्षीय बुहारी सुशिला बुढामगर र १५ वर्षीया छोरी श्यामकला बुढामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरमा रहेका ६ जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । एक जनाको गम्भिर अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । २ जनाको अवस्था सामान्य रहेको छ ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीहितको टोली घटना पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *