Main News

सर्वोच्चको आदेशप्रति कांग्रेस र एमाले नेपाल समूहको आयो यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ८ गते १९:०८
सर्वोच्चको आदेशप्रति कांग्रेस र एमाले नेपाल समूहको आयो यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

८ असार २०७८ काठमाडौं । अदालतको आदेशका विषयमा विपक्षी दलको पनि प्रतिक्रिया आएको छ ।

सत्ता गठबन्धनले अदालतको आदेशमा असहमति जनाउँदा विपक्षी दलले मन्त्रिपरिषद विस्तार बदर गर्ने आदेशलाई सही भनेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओली गलत ढंगले चलिरहेकोमा अदालतले सच्याएको बताउनुभयो ।

नेकपा एमालेको नेपाल खनाल पक्षले पनि अदालतको आदेशलाई सही भनेको छ ।

नेता भीम आचार्यले प्रधानमन्त्री ओली असफल भएकोले अहिलेको अवस्था आएको र अदालतको आदेशले पनि त्यही पुष्टि गरेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *