Main News

एमालेको किचलोले कर्णाली प्रदेशमा बजेटमाथिको छलफल प्रभावित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ८ गते १३:४६
एमालेको किचलोले कर्णाली प्रदेशमा बजेटमाथिको छलफल प्रभावित (भिडियो रिपोर्टसहित)

८ असार २०७८ सुर्खेत । एमालेभित्रको आन्तरिक किचलोका कारण कर्णाली प्रदेशमा बजेटमाथिको छलफल प्रभावित भएको छ ।

एमालेका चार सांसदको विषयमा सर्वोच्च अदालतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको पुनरावलोकन निवेदन विचाराधिन रहेकाले बजेटमाथिको छलफल प्रभावित भएको हो ।

असार एक गते कर्णाली सरकारले ३६ अर्बभन्दा बढीको बजेट ल्याएको थियो । तर प्रमुख प्रतिपक्षी दल एमालेका चार सांसद विपक्षीको बेच्नमा बस्न नमान्दा छलफल पनि रोकिएको छ ।

सर्वोच्चको आदेशले पुनर्बहाली भएका एमालेका चार सांसद मध्ये तीन जना मन्त्री छन् । पार्टी संसदीय दलले राजीनामा दिन निर्देशन दिएपनि तीन मन्त्रीले अश्वीकार गर्दै आएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले दलको निर्णयबिना सरकारमा सहभागी हुने वैधानिक आधार नभएको दाबी गर्नुभयो ।

पार्टीले राजीनामा दिन निर्देशन दिए पनि तीन जना मन्त्रीले भने सर्वोच्चले एमालेको दसौं महाधिवेशन आयोजक समितिलाई मान्यता नदिएको अवस्थामा आफूहरूलाई कसैले पनि कारबाही गर्न नसक्ने बताएका छन् ।

जेठ २४ गते सुरु भएको कर्णाली प्रदेशसभाको अधिवेशन एमालेभित्रको विवादका कारण प्रभावित भइरहेको छ । अधिवेशनका १२ मध्ये ८ वटा बैठक अवरुद्ध भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *