Main News

१६ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)हरूको सरूवा

हिमालय टिभी
२०७८ असार ७ गते १८:३९
१६ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)हरूको सरूवा

७ असार २०७८ काठमाडौं । १६ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)हरूको सरूवा भएको छ।

गृहमन्त्री खगराज अधिकारीले आज सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गर्नु भएको हो। केन्द्रीय अनुसन्धान ब्युरोमा डीआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ।

ब्युरोमा कार्यरत सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरूवा गरिएको छ ।

प्रदेश १ मा अरुणकुमार वीसीको सरूवा भएको गृह मन्त्रालयले जनाएको छ। उमेश रञ्जितकारको २ नम्बर प्रदेशमा सरूवा भएको छ। यस्तै, गण्डकी प्रदेशमा डिआइजी दिवेश लोहनीको सरूवा भएको छ।

प्रकाशजंग कार्कीको बागमती, मुकुन्दराज आचार्यको लुम्बिनी, गणेशबहादुर ऐरको कर्णाली प्रदेश, रविन्द्रकुमार धानुकको विशेष ब्युरो, वसन्तकुमार पन्तको अख्तियार, प्रदेश १ का ईश्वरबाबु कार्कीको प्रधान कार्यालय योजना तथा अन्वेषण, उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *